
दुधे,१५ भदौ । नेकपा (माओवादी केन्द्र ) ले शिबसताक्षीमा संगठन सृढृढीकरण अभियान तीव्र वनाएको छ । नेकपा औपचारिक रूपमा विभाजन भएपछि नेकपा (माओवादी केन्द्र ) ले नगरमा पार्टी संगठन सुढृढीकरण अभियान अन्तर्गत वडा भेला,कमिटी पूर्नगठन कार्यमा तीव्रता दिदैआएको छ ।
पार्टी नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार अभियान अन्तर्गत हालसम्म १० वटा वडाहरू १,२,३,४,५, ७, ८,९,१०, र ११को कमिटी भेला र गठन सम्पन्न भइसकेको छ । जसअनुसार वडा नं १ अध्यक्षमा नेत्र नेम्बाङ,सचिव पूर्ण लकान्द्रीको नेतृत्वमा २५सदस्यीय कमिटी बनेको छ ।
वडा नं २ मा भिम नेम्बाङ अध्यक्ष र सचिब सन्तोश काफ्ले (उमाकान्त ) को नेतृत्वमा २५सदस्यीय र वडा नं ३ मा अध्यक्ष राजु लिम्बू
र सचिव लयप्रसाद गौतम रहेको २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
यस्तै, वडा नं ४ मा हलचल ताजपुरियाको अध्यक्षता र सचिव नरबहादुर लिम्बु रहेको १९ सदस्यीय ,वडा नं ५ मा अध्यक्ष शिव बिमली ,सचिव टेक नारायण राजबंशी रहेको १९ सदस्यीय , वडा नं ७ मा अध्यक्ष अम्बिका प्रसाद अधिकारी ,सचिव चैतु राजवंशीको नेतृत्वमा २५सदस्यीय , वडा नं ८ मा अध्यक्ष बिष्णु दास राई , सचिव बिदुर निरौला रहेको २५ सदस्यीय ,वडा नं ९ मा अध्यक्ष भरत नवीन राई ,सचिव दल बहादुर नेउपाने रहेको २५ सदस्यीय वडा कमिटी , वडा नं १० मा अध्यक्ष नन्द प्रसाद राय , सचिव पुष्प पौडेल रहेको २९ सदस्यीय र वडा नं ११ मा अध्यक्ष साने राई र सचिव हरि कुमार थापा रहेको २९ सदस्यीय वडा कमिटी पूनर्गठन गरिएको हो ।
यसैगरि, जनबर्गिय संगठन अन्तर्गत वाइसीएलको नगर कमिटी अध्यक्षमा इन्द्र नेउपाने, उपाध्यक्षमा सन्जिब राई , गोपाल नेयोङ,सचिवमा भुवन सेन्दाङ,सहसचिवमा सन्तोष ताजपुरिया र कोषाध्यक्षमा संगीता राय रहेको ४१ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ ।
नगर अध्यक्ष भट्टराईका अनुसार हाल टोल कमिटी ,सेल कमिटी, जनबर्गिय संगठन , जातीय मोर्चा र पार्टी सदस्य नवीकरणलाई तीब्र रुपमा अगाडि बढाइएको छ ।
यस्तै, असोज २० गतेसम्म सबै कमिटी निर्माण गर्ने र असोज ३० गते नगर सम्मेलन गर्ने तय गरिएको अध्यक्ष भट्टराईले बताए ।