साहित्य कला संगमको नयाँ नेतृत्व , अध्यक्षमा दाहाल

दमक,१४ भदौं । दमककै पूरानो साहित्यीक संस्था साहित्य कला संगमको अध्यक्षमा विन्दु दाहाल (मुकदर्शक) चुनिएका छन् । दमक –५ स्थित दिपिनी आधारभुत बिद्यालयको सभाहलमा शुक्रवार भएको साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोहो ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गादेवी काफ्ले र चन्द्रा गडतौलालाई चुनेको छ भने महासचिवमा ओमप्रसाद खनाल चुनिए। यसैगरि, सचिवमा बीरेन्द्र खडका, सहसचिवमा मेघनाथ बन्धु, कोषाध्यक्षमा नेत्रप्रसाद अधिकारी चुनिएका छन् । यसैगरि, कार्यसमिति सदस्यहरुमा डा.लेखनाथ न्यौपाने,बिवेक दुलाल क्षेत्री,रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला र लीलाप्रसाद अधिकारी चुनिएका छन् ।

साहित्यकार प्राध्यापक डा. कमलप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको बन्दसत्रले गीता कुँवरको संयोजकत्वमा मच्छिन्द्र याख्खा र कमला घिमिरे सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको महासचिव ओमप्रसाद खनालले बताएका छन् ।
सङ्गमका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाले अध्यक्ष न्यौपानेको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पुष्ता राईले प्रस्तुत गरेको लेखा प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

संस्थाको नयाँ नेतृत्व चयन गर्न साहित्यकार हेमनाथ अधिकारीको संयोजकत्वमा डा.कमल प्रसाद वस्ती र शिव काफ्ले सदस्य रहेको एक निर्वाचन समिति गठन गरिएको थियो भने समिति गठनका लागि डा. उत्तमप्रसाद भट्टराई, नरपति पाण्डे र राजेन्द्र प्रसाद दाहालले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.