मेची सहकारीको रक्तदान, ८१ पिन्ट रगत संकलन

दमक,११ भदौ । दमक- ६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज दमकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको छ ।संस्थाको २७ औं वार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसर पारेर आज विहान आयोजित खुल्ला रक्तदानमा १५ महिलासहित ८१ जनाले रगतदान गरेका छन् । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रोमनाथ ओली, संस्थाका सल्लाहकार अम्बिका खनाल,कर्मचारी,सञ्चालक तथा शेयर सदस्यहरुले रगतदान गरेका थिए ।
संस्थाले आफनो बार्षिक स्थापना दिवसको अवसरमा बर्सेनी रक्तदान कार्यक्रम गरिआएको सहकारीका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताए ।
संस्थाका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । रक्तदान दमकस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । संस्थाले ७ वटा इकाइगत साधारण सभा गरि आज १२ भाद्रमा यसबर्षको प्रमाणिकरण साधारणसभा गर्ने जानकारी दिएको छ । प्रमाणीकरण सभा उर्लावारीस्थित उद्योग वाणिज्य संघको भवनमा सम्पन्न हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.