विद्यार्थी संगठनद्धारा युनिक कलेजमा तालाबन्दी

दमक,११ भदौं । नेपाल विद्यार्थी संघसहित विभिन्न चार वटा विद्यार्थी संगठनले दमकस्थित युनिक कलेजका एक शिक्षकलाई कारवाही गर्न माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् ।कलेजकी एक छात्रालाई घर पुरयाँईदिने भन्दै कलेजमा कार्यरत शिक्षक मुकुन्द आचार्यले  अभद्र व्यवहार गरेको भन्दै नेविसंघ लगायतका विद्यार्थी संगठनले  तालावन्दी गरेका हुन् ।
कलेजका कोअर्डिनेटर समेत रहेका आचार्यले त्यस कलेजमा अध्ययनरत एक छात्रालाई अभद्र व्यवहार गरेको ती संगठनहरुको आरोप छ ।
पीडित छात्राले सो घटनाका बारे इलाका प्रहरी कार्यालय दमकमा उजुरी गरेपछि प्रहरी, कलेज सञ्चालक तथा विद्यार्थी नेताहरु वीच आचार्यले घटनाका सम्बन्धमा गल्ती भएको निष्कर्ष निकाल्दै अव उप्रान्त त्यस्तो घटना नदोहोरयाउने , पीडक आचार्यलाई कलेजबाट हटाउने लगायतका विषयमा गत २५ असारमा लिखीत सहमति भएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुजन निरौला र क्याम्पस प्रमुख शान्तिराम आचार्यले घटना सेलाउदै गएपछि निजलाई पुनः पूर्नवहाली गरेपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् । पीडकका बुबा क्याम्पस प्रमुख हुन् भने अध्यक्ष नातेदार भएको खुल्न आएको छ ।
तर, यतिका दिनसम्म आउदाँ पनि सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थी संगठनहरुले पीडक आचार्यलाई कारवाहीको स्मरण गराएका हुन् ।नेविसंघ दमकका कार्यवहाक सभापति समिर तामाङ, अनेरास्ववियूका नगर कमिटी अध्यक्ष आयुसमान पोख्रेल,राप्रविसंगठनका सचिव सन्देस थापा र वाइसीएल दमक नगर कमिटी अध्यक्ष जोन बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरि  पीडक आचार्यलाई कारवाही नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.