
दमक,१२ भदौ । मानवीय र सामाजिक सेवामा काम गर्ने उद्धेश्यले स्थापना भएको लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्तगर्तको लायन्स क्लव अफ दमक झापाको औपचारिक घोषणा गरिएको छ । यसलाई लायन्सकर्मीहरुमाझ क्लब चार्टर भएको भनिन्छ ।
लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गभर्नर रेवतबहादुर कार्कीले दमकमा आयोजित कार्यक्रमबीच क्लव चार्टर भएको घोषणा गरेका हुन् ।
क्लवमा लायन्सका पुराना तथा नयाँ सदस्यहरु गरेर २७ जना रहेका छन् । क्लबको अध्यक्षमा अशोक चौधरी, प्रथम उपाध्यक्षमा राम थपलिया, सचिवमा विष्णुप्रसाद पोखरेल रहेका छन् । यसैगरी द्वितीय उपाध्यक्ष लोकश सापकोटा र तृतीय उपाध्यक्षमा सन्तोष महासेठ छन् । कोषाध्यक्षमा सन्दिप साहेवाला, जोइन्ट काषाध्यक्षमा मुकेश गुप्ता, सह सचिवमा नरेश बन्जरा, जनसम्पर्क अधिकारीमा विणा शाह चार्टर भएका छन् ।
क्लवका सदस्यहरुमा डिल्लिाराम ओली, विष्णु शाह, डेविट विष्ट, पुजा अग्रवाल, शिला चौधरी, वविता तिम्सिना, भीमादेबी खरेल, अनु तिम्सिना विष्ट, शम्भु चौधरी, विक्रम अधिकारी, प्रीति अग्रवाल, शुनिल शाह, मन्जु गुप्ता, ममता देबि चौधरी, सुर्य बहादुर बस्नेत र राजेश शाह रहेका छन् ।
क्लव खुलेर सक्रिय भएको डेढ महिनाभन्दा बढि भएपनि शनिवार औपचारिक चार्टर भएको हो ।
क्लवले यो अवधिमा दुई दर्जनभन्दा बढि ठुला तथा साना सामाजिक कार्यहरु गरेको क्लवका अध्यक्ष अशोक चौधरीले बताए । क्लव खुलेको छोटो समयमा नै राम्रा कार्यहरु गरेको र क्लवमा पुराना लायन्सहरुको नै अग्रभागमा नेतृत्व रहेको भन्दै गर्भनर कार्कीले सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्याल, रिजन चियर पर्सन दिवस राई लगायतले पनि क्लवलाई शुभकामना दिएका छन् ।