मेचीको रक्तदान, ६३ पिन्ट रगत संकलन

दमक ,११ भदौं । दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बुधबार दमकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभाको अवसरमा आयोजित खुला रक्तदानमा ६३ पिन्ट रगत संकलन भएको हो ।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्षको भदौ ११ गते रक्तदान कार्यक्रम आयोजना गरिआएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । संस्थाको आज विहिबार एकीकृत माइन्यूट प्रमाणीकरणसहित समापन कार्यक्रम गरि साधारणसभा औपचारिक रुपमा सम्पन्न हुने जनाइएको छ ।रक्तदानमा संस्थाका सञ्चालक ,शेयर सदस्यहरु,कर्मचारीहरु तथा सर्वसाधारणहरुले सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published.