मिस्टर एन्ड मिस विश्वकर्मा प्रतियोगिताको क्लोज क्याम्प सुरु

दमक,१० भदौ । बी ब्रोस इन्टरटेन्डमेन्टले आयोजना गरेको मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिताको क्लोज क्याम्प सुरु भएको छ ।यहि भाद्र २२गते हुने ग्रान्ड फिनालेलाइ लक्षित गरि क्लोज क्यम्प गरिएको बि ब्रोस इन्टरटेन्ड्मेन्ड्का चियर मेन सन्जय बिकले जानकारी दिए ।उनका अनुसार क्लोज क्याम्पमा मोड्लिङ्गमा चाहिने सबै अधारभुत ज्ञान् सिकाइने छ । क्लोज क्याम्पमा झापा, मोरङ्ग, सुनसरी, इलाम र धनकुटाका १८ महिला र १०पुरुष गरि २८जनाको सहभागिता रहेको छ । बिर्तामोडस्थित मेघा कम्प्लेक्सको हलमा भइरहेको क्लोज क्याम्पको प्रशिक्षण चर्चित मोडल तथा सस्थाका चियर मेन सन्जय बिकले दिदैछ्न् ।
कला साहित्य र मनोरञ्जन सम्बन्धी विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आइरहेको बी ब्रोसले विश्वकर्मा समुदायभित्र रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले मिस्टर एन्ड मिस पूर्वाञ्चल प्रतियोगिताको आयोजना गरेको संस्थाका प्रदेश इन्चार्ज राज दियालीले जानकारी दिए।
सहभागी प्रतियोगिहरुलाइ भदौ २१गते सम्म तालिम गराएर भदौ २२ गते बिर्तामोडस्थित साइ पाटी प्यालेस सिटी सेन्टरमा ग्रान्ड फिनाले भब्यताको साथ सम्म्पन्न गर्ने बताइएको छ ।
प्रदेश फिनालेबाट छनौट भएका प्रतियोगिले सन २०२४ मा काठमाडौँमा हुने सिजन– ३ को ग्राण्ड फिनालेमा सोझै सहभागिता जनाउने पाउने आयोजकले जनाएको छ ।
प्रदेश १ मात्र नभई सातै प्रदेशबाट छनौट भएकाहरू सोझै ग्राण्ड फिनालेमा सहभागि हुन पाउने छ्न् । पूर्वाञ्चल मिस्टर तथा मिस हुनेलाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्युजिक भिडियो र मोडलिङमा अवसर प्रदान गरिने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published.