
खोटाङ ,११ भदौं । खोटाङमा आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका हुन् ।
गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा विहिबार १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा प्रहरीले अनुसन्धान थालेको थियो ।
घटनाको प्रकृति, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले विहिबारनै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले घरायसी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसी हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानमा खुलाई दिए पश्चात कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।