दमक नगर इसाई समाजको नेतृत्व चयन , अध्यक्षमा सुब्बा

दमक,१०भदौ । दमक नगर इसाई समाजको अध्यक्षमा पाष्टर हेमन्त सुब्बा चुनिएका छन् ।दमक -५ स्थित ज्योति चर्चमा आज भएको समाजको दोस्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको कार्यसमितिको उपाध्यक्षहरुमा रामप्रसाद राई, अम्विका कार्की (रोजी),सचिवमा अजय कुमाल,सहसचिवमा खड्गबहादुर कार्की (दिपक ) र कोषध्यक्षमा हरिकुमार राई सर्वसम्मत चयन भएको निर्वतमान अध्यक्ष धनकुमार थुलुङ राई (आकास ) ले जानकारी दिए ।
कार्यसमिति सदस्यहरुमा गंगाप्रसाद राई (जोन ), राधाकृष्ण बस्नेत (पावल ) ,सुधीर वाल्मिकी,धनकुमार धिमाल,विकास लाम्गादे,हर्ककुमारी राई,रोहित पोर्तेल,सागर लावती, रामबहादुर राई (पावल )चयन भएका छन् ।
एसईई उत्कृष्ठ विद्यार्थीलाई सम्मान
समाजको अधिवेशन तथा २९ औं स्थापना दिवसका अवसरमा एसईई -२०८०को परीक्षामा सामुदायिक र निजी विधालयवाट ए ग्रेड ल्याउने इसाई धर्मालम्वीका १३ जना विधार्थीलाई नगद तथा प्रमाणपत्रसहित सम्मानित गरिएको छ । यसरी सम्मानित हुने विद्यार्थीहरुमा सचिन कुरुङवाङ, समुएल सरदार,सुवेक्षा शेर्पा , सुशान्त राई लगायत रहेका छन् ।
इसाई समाज झापाका अध्यक्ष अमरदिप आलेको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा अध्यक्ष थुलुङले अध्यक्षको प्रतिवेदन र कोषध्यक्ष मन माया कुमालले आर्थिक प्रतिवेदन,अदन बगैचा संयोजक मुक्ति किराती थुलुङ्ग,आमा दिदी वहिनी संगतिका संयोजक अम्विका कार्की (रोजी),युवा संगतीका संयोजक सुरज लिम्वू,प्रशासन समन्वय संयोजक राजकुमार राई, विपद् ब्यवस्थापन उपसमितिका संयोजक युवराज गजमेर र खेलकुद उपसमितिका संयोजक शिखर राईको खेलकुद गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदन छलफल पछि पारित गरिएको समाजले जनाएको छ । इसाई समाजमा दमक क्षेत्रका ३४ वटा चर्च तथा मण्डलीहरु आवद्ध छन्। समाजले दमकमा विभिन्न सामाजिक गतिविधिहरु समेत गरिआएको छ ।

 

Leave a Reply

Your email address will not be published.