झापा, १० भदौ । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुँमागाई चयान भएकी छिन् ।बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघमा हुमागाई सर्बसम्मत चयन भएकी हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद २ को दफा ५ को उपदाफा ञ मा व्यवस्था भए अनुरुप महिला उद्यमी संघ गठन भएको र तेस्रो अधिवेशनबाट चुडाल अध्यक्षमा चुनिएकी हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा कमला उप्रेती श्रेष्ठ (कामना),उपाध्यक्षमा संगीता साह र आरती श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा लीला उप्रेती प्रसाई (अनमोल ), सचिवमा शीला चुडाल, कोषाध्यक्षमा गोमा दंगाल र सह कोषाध्यक्षमा अञ्जु लामिछाने चयन भइन् ।
सदस्यहरुमा भने मुना कुमारी लिम्बू, रेणुका महत्तो, कविता अधिकारी पौडेल, कविता पोखरेल, गीता खतिवडा, सृजना अग्रवाल (सोनी ), गीता थापा विष्ट, निरुजा दहाल, विमला निरौला घिमिरे, इसरत परवीन शेख, दुर्गा पोखरेल, पुनम अधिकारी र नरमाया रसाइली (मीना ) चयन भएकी छन् ।
यसैबीच महिला उद्यमी संघको वरिष्ठ सल्लाहकारमा यशोदा उप्रेतीलाई चयन गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य तथा संघकी अध्यक्ष तीलोत्तमा खत्रीको अध्यक्षतामा अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण समेत भएको छ ।
नव निर्वाचित समितिलाई संघकी संस्थापक अध्यक्ष उर्मिला खरेल विमली, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रकाश शिवाकोटी, संघका सल्लाहकार मोहन मित्तल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघकी निर्वतमान महिला उपाध्यक्ष नैनकला भट्टराई र संघकी नवनिर्वाचित महासचिव लीला अनमोलले गरेका थिए ।