दमकमा भदौ १९ देखि २१ सम्म महिला भलिवल प्रतियोगिता

दमक, ९ भदौ । दमकमा यहि भदौ १९ देखि २१ सम्म प्रथम उपमेयर कप खुल्ला महिला भलिवल प्रतियोगिता- २०८० हुने भएको छ ।दमक भलिवल प्रशिक्षण केन्द्रले आयोजना गर्ने सो प्रतियोगिताका विजेता, उपविजेताले क्रमशः५१ र ३१ हजारसहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि, प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडीलाई नगद ४ हजार, उत्कृष्ठ सेटर, उत्कृष्ठ सर्भर,उत्कृष्ठ स्पाईकर,उत्कृष्ठ डिफेण्डर, उत्कृष्ठ ब्लकर र उत्कृष्ठ प्रशिक्षकलाई जनही नगद २ हजारसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिता दमक २ स्थित दमक भलिवल प्रशिक्षण केन्द्रको खेल मैदान हिमाविमा हुने र आवश्यक तयारी धमाधम भईरहेको प्रशिक्षक शैलेन्द्र श्रेष्ठले बताए ।
दमक नगरपालिका मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा कोशी प्रदेशका एक दर्जन बढी महिला भलिवल टिमको सहभागिता रहने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.