दमक,८ भदौ । नेपाल –भारत मैत्री युवा संघ झापाको अध्यक्षमा राजकुमार न्यौपाने मनोनित भएका छन् ।संघका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले झापा, कमल गाउँपालिका -५ निवासी युवा व्यवसायी न्यौपानेलाई संस्थाको जिल्ला अध्यक्षको जिम्मेवारी दिएका हुन् । अध्यक्ष यादवले हिजो पत्र पठाउदै संस्थाको हितमा रहेर काम गर्न त्यस्तो जिम्मेवारी दिएको मनोनित पत्रमा उल्लेख छ । देशैभरि जिल्ला शाखा विस्तार गरिआएको यस संघ नेपाल –भारत मैत्री युवा वीच आपसी भाइचारा विकास गर्ने कार्यमा सक्रिय रहिआएको छ ।
सामाजिक व्यक्तित्व न्यौपाने दमकस्थित पेप्सी पेयपदार्थका आधिकारिक विक्रेताका सञ्चालक हुन् । यसैवीच, मनोनित भएका अध्यक्ष न्यौपानेले संघको उद्देश्य ,लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।