अनेम संघ क्रान्तिकारीको शिवसताक्षीमा तिज विशेष कार्यक्रम

झिलझिले,९ भदौं । नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर कमिटीले यसवर्षको हरितालिका अर्थात तीज पर्वका अवसरमा आइतवार नगर भेलासहित तीज विशेष कार्यक्रम गरि मनाएको छ ।

नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर कमिटीद्वारा आयोजित उक्त भव्य कार्यक्रमका बीच रिता लामा थापाको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ ।
पार्टी नगर अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पूर्व कृषिमन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागि महिला दिदीवहिनीहरुले दर खानुका साथैं गीत तथा नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए । तीज विशेष कार्यक्रममा नगरका उल्लेखीय पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य कल्पना कार्की, प्रदेश कमिटी सदस्य तथा अनेम संघ क्रान्तिकारीका प्रदेश कमिटि सचिव भुमिका कोईराला, ,जिल्ला कमिटी सदस्य तथा नगर ईन्चार्ज एनपि लामिछाने, जिल्ला कमिटी सदस्य रामजी कार्की, पूर्व नगर उपाध्यक्ष गणेश बजगाई,अनेम संघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष कचाली ताजपुरिया, जिल्ला सदस्य अम्बिका आचार्य लगायतको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा नवगठित कमिटीलाई प्रमुख अतिथि दर्लामी, प्रदेश सदस्य भूमिका कोइराला, पार्टी नगर अध्यक्ष दुर्गा नेम्बाङ लगायतले नवनिर्वाचित नगर कमिटीलाई बधाईसहित तीजको शुभकामना राखेका थिए ।
कार्यक्रम पार्टी नगर कमिटीकी सह–सचिव देविका खनालले सञ्चालन गरेकी थिइन् भने कचाली ताजपुरियाले शाब्दिक शब्द द्वारा स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.