
कमल,८ भदौ । नेकपा माओवादी केन्द्रले कमल गाउँपालिकामा संगठन सुढृढीकरण अभियान तीव्र पारेको छ । पार्टी गाउँ कमिटीको हालै सम्पन्न बैठकले पार्टी समिक्षा गर्दे वडा तहमा संगठन सुढृढीकरण अभियान सञ्चालन गरिने निर्णय भएको सचिव रविन गुरुङले जानकारी दिए । त्यसैक्रममा भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण र साधारण सदस्य बितरण गरिसक्ने तथा वडा भित्र टोल कमिटी र सेल कमिटी गठन गरिसक्ने उनले बताएका छन् ।
उनका अनुसार कमलका ७ वटै वडामा असोज २ गतेदेखि शुरु हुने टोल भेला असोज ८ गतेसम्म सञ्चालन हुने छन् ।यस्तै, बैठकले इन्द्र राईलाई मजदुर र राजन चापागाईलाई विद्यार्थी फ्रेक्सन इन्चार्जको जिम्मेवारी दिएको छ । यसैगरि, अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) को भाद्र ३१ गते गाउँ भेला सम्पन्न गर्न गौरी राई र शान्ता दाहाललाई संयोजन गर्न जिम्मेवारी दिएको सचिव गुरुङले जानकारी दिए ।
यस्तै, बैठकले आदिवासी जनजाति रंगशाला तथा स्मृति पार्क निर्माण गर्नका लागि पार्टीका तर्फबाट सवै प्रकारका आवश्यक सहयोग पुरयाँउने निर्णय गरिएको जनाईएको छ । त्यसका लागि सचिव गुरुङको संयोजकत्वमा ५१ सदस्यीय एक समन्वय कमिटी गठन गरिएको उल्लेख छ ।