कमललाई नगरपालिका बनाउन सात दलीय गठबन्धनको माग

कमल,७ भदौ । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव प्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ ।
गठबन्धनले कमल आफै नगरपालिका वन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफनै अस्तित्वमा नगरपालिका निर्माण गरिनु पर्ने स्पष्ट पारेको छ ।
दमक नगरपालिकाको एकपक्षीय निर्णय ,भ्रमपूर्ण ,जालसाधीपूर्ण भएको ठहर गर्दै सात दलीय गठबन्धनले त्यस्तो निर्णय कार्यान्वयन नगर्न गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, –‘कमल आफै नगरपालिका स्तरन्नतिका लागि सामर्थय रहेकाले त्यसैअनुसार अघि बढ्न गाउँपालिकासहित सबै राजनीतिक दल ,आम नागरिक समाजसंग अनुरोध गर्दछौं ’ कमलमा सत्तारुढ नेकपा एमाले वाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय लिम्बूवान परिषद,नेकपा एकीकृत (समाजवादी ) ,राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (क्रान्तिकारी माओवादी ) लगायतका स्थानीय दलीय गठबन्धन निर्माण गरिआएका छन् ।
गठबन्धनले यसअघि नगरपालिकाले उपमहानगरपालिकाको प्रस्तावित निर्णय खारेजी गर्न गाउँपालिकासहित प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने समेत निर्णय भएको कांग्रेस कमलका सभापति खगेन भण्डारीले बताए ।
यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमहानगरपालिकाको प्रस्ताव थाहै नदिई सहअस्तित्वमा रहेको स्थानीय सरकारलाई वेवास्ता गरेको भन्दै उक्त प्रस्तावप्रति असहमति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.