
दमक,७ भदौ । झापाको कमल गाउँपालिकालाई नगरपालिका बनाउन गाउँँपालिकाले आवश्यक प्रकृया अघि बढाएको छ । नगरपालिकाका लागि आवश्यक मापदण्ड पूगेको भन्दैं गाउँपालिकाले नगरपालिका स्तरन्नति गर्नका लागि १ नम्बर प्रदेश सरकारसंग सिफारिसका लागि पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।
कमललाई दमकमा समावेश गरि दमक उपमहानगरपालिका बनाउने प्रस्ताव अघि सारिएपछि पालिकाले भने आपैm नगरपालिका बनाउनका लागि प्रकृया अघि बढाएको हो ।
दमक नगरपालिकाले थाहै नदिई सहअस्तित्वमा रहेको स्थानीय सरकारलाई वेवास्ता गरेको भन्दै कमलका राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले लगायतका दलले उक्त प्रस्तावप्रति असहमति जनाएकाथिए ।
गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले २०७८ असार ११ गते सम्पन्न गाँउपालिकाको बैठकले यसअघिनै सरकारले नगरपालिका घोषणा भई पुनः गाउँपालिका कायम भएको र अहिले नगरपालिकाका लागि आवश्यक मापदण्ड पूरा भएकाले त्यसैअनुसार नगरपालिका स्तरन्नतिका लागि माग गर्ने निर्णय गरिएको वताईन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ८ दफा (१ ) बमोजिम यस पालिकालाई नगरपालिका स्तरन्नतिका लागि गाँउसभाको निर्णय अनुसार प्रदेश सरकारसंग सिफारिसका लागि अनुरोध गरिएको उनले बताईन् ।
गाउँपालिकाले नगरपालिका निर्माणका लागि प्रदेश सरकारसंग सोमबार गरिएको सिफारिस पत्रमा भनिएको छ,–‘ यो गाउँँपालिका यस अगावै नगरपालिका घोषणा भई पुनः गाउँपालिका कायम भएको र गाउँपालिका स्वयं नगरपालिका बन्नका लागि जनसंख्या सहितका अन्य पूर्वाधार पर्याप्त भएकाले नगरपालिका स्तरन्नतिका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसंग अनुरोध गर्दछौं ।’
यसअघि दमक नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औ बैठकले नगरपालिकासंग जोडिएको कमललाई दमकमा नै समावेश गरि दमक उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो ।