फोनिज झापाले मनायो २४औं स्थापना दिवस

विर्तामोड, ५ भदौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) झापा शाखाले मंगलबार २४औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिजबीचको सहकार्य बिषयमा अन्तर संवाद समेत भएको थियो ।

फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानक मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै फोनिजका संघीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमन देवानले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिज कर्मीहरुले स्प्रस्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए । आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भुमिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।
उनले विश्वका ८ वटा मुलुकमा संगठन विस्तार गरिसकेको फोनिजमा नेपालमा मात्र ३५ सय बढी आदिवासी जनजाति पत्रकारहरु आवद्ध भएको बताए ।
त्यस्तै कार्यक्रमका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिनबीच विभिन्न अन्तरसंवाद भइरहेपनि आवश्यक समन्वय भने हुन नसकीरहेको उल्लेख गरे। उनले नेफिन फोनिजसंग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको धारणा राखे। उनले राजनैतिक दलहरुलाई सच्चिन आग्रह गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नभएको जोड दिए ।
कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्य प्रस्ट पारेका थिए। कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश समितिका महासचिव शुसन राई, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिलदेव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा फोनिज संघीय समितिद्वारा प्रकाशित नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ बिशेष स्मारिका पुस्तक समेत बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.