दमक,५ भदौ । चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग उपलव्ध गराएकी छन् ।फोनिज झापाले आज विर्तामोडमा आयोजना गरेको आफनो २४ औ स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले उपलव्ध गराएको सो सहयोगको चेक हस्तान्तरण गरिएको थियो । उक्त सहयोगको चेक गायिका राईमार्फत उनका आफन्त सुजन राईले कोष संयोजक गणेशमान मुखियालाई हस्तान्तरण गरेका थिए ।
फोनिज झापाले आफना अग्रज पत्रकार स्व.डिकमान विरहीको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजले प्रत्येक दुई वर्षमा झापाली पत्रकारितामा योगदान पुरयाँएवापत दुई जना पत्रकारलाई पुरस्कृत गरिआएको अध्यक्ष भूमिका फियाकले बताईन् ।