कांग्रेसको दमक नगर सम्मेलन तयारी पूरा

दमक,५ भदौ । पार्टीको विशेष आन्तरिक अभियान अन्तर्गत भोलि ६ भदौमा हुने नेपाली कांग्रेस दमक नगर सम्मेलन गर्ने तयारी पूरा भएको छ ।कांग्रेस नगर सभापति प्रकाश प्रसाइँका अनुसार दमक ५ स्थित नगर पार्टी कार्यालयमा हुने सम्मेलनको आवश्यक तयारी पूरा भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा हुने सम्मेलनमा वडा समिति, नगर समितिका अतिरिक्त नगरस्थित पार्टीको विभिन्न तह तप्कामा रहेका नेता कार्यकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनको उदघाटनका लागि उपल्लो तहका नेतृत्वसँग समन्वय भइरहेको सभापति प्रसाइँले बताए ।
प्रमुख अतिथिका लागि हामीले पार्टी नेताहरुसँग समन्वय र परामर्श गरिरहेका छौं , राष्ट्रिय र प्रदेशस्तरको राजनीतिक सरगर्मी पनि बढिरहकाले निश्चित भएको छैन, तर सम्मेलन ६ गतेनै हुन्छ– सभापति प्रसाइँले भने ।
नगर सम्मेलनमा व्यापक सहभागिताका लागि नगरस्थित वडा समितिहरुलाई सर्कुलर गरिएको उनले बताए । पार्टी नगर सचिव रामचन्द्र अधिकारीले सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदन तथा पार्टी संगठनका गतिबिधिहरु र आगामी रणनीतिहरुका बारेमा व्यापक छलफल हुने जानकारी दिए ।
कमल गाउँसमितिले भने यसअघिनै गाउँ सम्मेलन सम्पन्न गरिसकेको छ । जिल्लामै पहिलो पटक कमल गाउँपालिका समितिले आफनो सम्मेलन करीब साता दिन अघिनै सम्पन्न गरेको हो ।
केन्द्रीय सर्कुलर अनुसार वडामा पार्टी गतिबिधिहरुको समिक्षा, आगामी रणनीति तर्जुमा लगायतका बिषयमा केन्द्रित हुँदै यसअघि वडा सम्मेलनहरु सम्पन्न भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.