पथरी शनिश्चरे, ५ भदौ ।पथरी शनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका शशी राईलाई नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, लेखा प्रमुख पिताम्वर वस्ती, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं २ का अध्यक्ष नैना राई र नगरपालिकाका कर्मचारीको समूहले उनलाई स्वागत गरेको हो ।
नगरपालिकाका कर्मचारी लुकनाथ पोख्रेलले सञ्चालन गरेको उक्त कार्यक्रममा परिचयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो । नवआगन्तुक अधिकृत राईले पदभार ग्रहण गरेलगत्तै नगरको सबै शाखाहरुको पनि अनुगमन र निरीक्षण गरे ।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलको भने ताप्लेजुङ्गमा सरूवा भएको जनाईएको छ।