
दमक,६ भदौ । ब्रिटीस काउन्सिल नेपालले वातावरण नियन्त्रण र प्रदुषित वातावरण सम्बन्धिको सचेतनामूलक वृत्तचित्र निर्माण सम्बन्धीको प्रतिस्पर्धामा दमकको झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स ) का बिद्यार्थीले तयार पारेको वृतचित्र उत्कृष्ट १५ भित्र पर्न सफल भएको छ । यससंगै सो वृत्त चित्र अब खुल्ला प्रतिस्पर्धामा समावेश भएको छ ।
सो बिद्यालयका बिद्यार्थीले ‘वातावरण प्रदुषणले स्वर्गको जीवनलाई नर्कमा पुरयाउँदछ ’शीर्षकमा निर्माण गरेको वृत्त चित्र हाल उत्कृष्ट १५ मा परेको र उत्कृष्ट ५ भित्र परेको खण्डमा काउन्सिलबाट पुरस्कृत पनि हुने विद्यालयले जनाएकोछ ।
ब्रिटीस काउन्सिल नेपालले विद्यार्थीहरूलाई अनेकन सीप विकास गराउने क्रममा अत्याधिक मात्रामा बढिरहेको प्रदूषित वातावरणको नियन्त्रण र प्रदुषित वातावरणवाट कसरी वच्ने भन्ने विषयवस्तुलाई समेटेर ‘क्यामेरा सिक रोड टू cop 26 कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मुलुकभरका सयौँ विद्यालयका विद्यार्थीहरूवीच गराइएको सो प्रतिष्पर्धामा परेका १५ भिडियोहरू मध्ये लाईक , कमेन्ट र शेयरको आधारमा उत्कृष्ट ५ का लागि छनौट हुने ब्रिटिस काउन्सिल नेपालले जनाएको छ । बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले वृत्तचित्र अव खुल्ला प्रतिष्पर्धामा प्रवेश गरि सकेका कारण अव सो भिडियोमा लाईक शेयर गरेर वा कमेन्ट लेखेर आम सर्वसाधारणले आफ्नो प्रतिक्रिया जनाउन सक्ने जनाएका छन् । उनले भने, –‘ब्रिटीस काउन्सिलको छनौटमा पर्न सफल हाम्रो यस विद्यालयको भिडीयो हेरेर थप उत्कृष्ठताका लागि सहयोग पुरयाँइदिन सवैसंग अपिल गर्दछौ । ’