
काठमाण्डौ, ५ भदौ । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी गराएका छन।
तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन । उनि पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । थापा हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ लोकप्रिय बनेका थिए ।
यसैगरि थापाले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जानाएको छ ।