प्रतिष्ठानका निर्वाचित समितिलाई प्रमाण पत्र बितरण

दमक ,३ भदौ । दमक–८ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले हालै सम्पन्न छैटौँ साधारण सभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका कार्यसमितिलाई प्रमाण पत्र बितरण गरेको छ ।
उक्त साधारणबाट ओमप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो । साधारण सभाबाट गठित निर्वाचन समितिका संयोजक हरिप्रसाद न्यौपानेले अध्यक्ष खनालसहित उपाध्यक्ष अर्जुन प्रसाईं,सचिव तारानाथ भट्टराई कोषाध्यक्ष हरिप्रसाद खतिवडा र सदस्यहरु जगन्नाथ गोस्वामी, सावित्रा खडका ,लोकनाथ अधिकारी, कृष्णप्रसाद मैनाली, दुर्गा देवी ढुङ्गानालाई प्रमाणपत्र प्रदान गरे ।
यसरी नै कार्यसमितिको तर्फबाट पनि निर्वाचन समितिलाई कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र प्राप्त गर्नेहरुमा संयोजक हरिप्रसाद न्यौपानेसहित सदस्यद्धय कृष्णराज थापा,मुना गौतम रहेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिताराम खतिवडा,उपाध्यक्ष डोयना दहाल,सल्लाहकार संयोजक देवप्रसाद सुबेदी लगायतले शुभकामना दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published.