दमककाअग्रज पत्रकार दाहाल सम्मानित

दमक,४ भदौं । झापा, दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्मानित भएका छन् । जीवनचक्र समाज नेपालले बुधबार आफनो सातौ स्थापना दिवस तथा साधारणसभाका अवसरमा पत्रकार दाहाललाई सम्मान प्रदान गरेको हो ।

दमकबाट प्रकाशित हुदैआएको पूर्वसन्देस दैनिकका प्रकाशक तथा सम्पादक समेत रहेका दाहाललाई पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुरयाँएवापत सम्मान प्रदान गरिएको अध्यक्ष गणेशप्रसाद गौतमले बताए । पत्रकार दाहाल करिव चार दशकदेखि पत्रकारितामा क्रियाशील छन् । दाहाललाई दमक- ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहालले सम्मानपत्र प्रदान गरे ।

उक्त संस्थाले सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान अभिबृद्धि गराउने विभिन्न सचेतनामूलक सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ । सभामा प्रमुख अतिथि वडाअध्यक्ष दाहाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाई ( गोपाल ), दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारी ,वर्कफर नेपालका अध्यक्ष तिलोचन अधिकारीलगायतले यस संस्थाको सामाजिक गतिविधिहरु सेवामुलक मात्र नभएर समाजका लागि प्रंशसनीय भएको औल्याएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गौतमले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष विदुर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत ती दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.