ठाकुर समूहको पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक

काठमाडौँ २ भदौ । जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो ।

जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक राख्ने निर्णय भएको छ । उनले भने पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्रिक राख्ने भयौं । कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेसँगै जसपा विभाजन गर्न असन्तुष्ट ठाकुर पक्ष लागेको थियो । ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

उनले बुधबार बिहानै सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बैठकका लागि बोलाएका थिए । कान्तिपुरबाट साभार गरिएको

Leave a Reply

Your email address will not be published.