जङफूडको प्रभावका बारे विद्यार्थीहरुलाई अनुशिक्षण

दमक,३२ साउन । दमक जेसीजले आज विद्यार्थीहरुलाई जङफूडको प्रभावका बारे सचेतनामूलक अनुशिक्षण सञ्चालन गरेको छ ।जेसीजको नियमित कार्यक्रम अनुसार आज दमक ३ स्थित अक्सफोर्ड अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई एक दिने सचेतनामूलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष सहदेव भट्टराईले बताएका छन् । अनुशिक्षण कार्यक्रममा कक्षा ८ देखि १० सम्मका १ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षता तथा दमक जेसीजका संस्थापक पदम कोइरालाको प्रमुख आतिथ्यतामा भएको अनुशिक्षणमा नेपाल जेसीजका प्रशिक्षक माधवमणी खनालले सहजीकरण गरेका थिए । उनले खाजाका रुपमा खादैआएको जङफूडले स्वस्थ्य शरीरमा पुरयाँउने असरका बारे जानकारी गराएका थिए । अनुशिक्षणमा दमक जेसीजका पूर्वअध्यक्षहरु नरेन्द्र बराल,सन्तोष अधिकारी,कमल कटुवाल, अक्सफोर्ड स्कूलका प्रिन्सीपल गंगादेव चौधरी लगायत दमक जेसीजका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको महासचिव आरसी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published.