दमक चौंक ‘अन्धकार’

दमक ,३२ साउन । झापाको मुख्य शहरी क्षेत्र मानिने दमक चौंकमा सडकबत्ती नहुदाँ रातीपख अन्धकार हुदै आएको छ । सडकका पूराना वत्ती जीर्ण भएपछि लामोसमयदेखि दमक चौंक क्षेत्र अन्धकार बन्दै आएको हो ।
पूर्वपश्चिम लोकमार्गमा पर्ने दमकको मुख्य चौंक क्षेत्रमा भएका सोलारजडित सडकबत्ती काम नलाग्नेमा पुगेपछि चौंक क्षेत्र अन्धकार वन्न पुगेको स्थानीयले बताएका छन् । सडकबत्ती नहुदाँ चौंकमा रात्रीपख दैनिकजसो झैझगडा, दुर्घटनाको घटना बढ्दै गएको पाईएको छ ।
दमक आकासे पुल संगैको पूराना सृजना होटलका सञ्चालक रमेश मगरले मुख्य दमक चौंक अन्धकार जस्तै भएपनि सम्बन्धित निकाय बेखबर हुनु दुःखद भएको गुनासो सुनाउँछन् । भएका सडकबत्ती मर्मत तथा थप विस्तार गरे चौंकको आर्कषण देखिने उनको भनाई छ ।
दमक चौंक बाहिरका धेरैजसो सडकमा आधुनिक सडकबत्ती जडान गरि झिलीमिली गरिएपनि दमक चौंकमा भने कसैको चासो नपर्नु दुःखद भएको सांस्कृतिक संघ दमकका अध्यक्ष टंक ढकाल बताउँछन् । एम्बुलेन्स समेत चलाउदै आएका उनले दमक चौंक क्षेत्रका बाटोघाटोमा सडकबत्ती नहुदाँ कता कता आफूहरु असुरक्षित महषुष गरेको सुनाउँछन् ।
सडकबत्ती नहुदाँ आकासे पुल आसपास साँझपख लाग्दै आएका फूटपाथका व्यापार प्रभावित भएको उनीहरुको दुखेसो छ । साँझपख ठेलामा खाजाको विभिन्न परिकार बेचेर जिबिकोपार्जन गरिआएकी दमक ८ की तिलल्मा शर्माले बर्षोदेखि सडक किनारका फूटपाथमा परिवारिक गुजाराका लागि ठेलामा खाजा बेच्दैआएपनि अहिले भने लखेटी लखेटी नगर प्रहरीले खेद्दै आएको सुनाउँछिन् । अव्यवस्थितसंगै फूटपाथमा व्यापार गर्न नगरपालिकाले रोक लगाएको छ । फूटपाथमा व्यापार गरेर चारजना परिवारको पेट पालिदैआएको उनले सुनाउदै भनिन्, –‘फूटपाथमा गुजारा चलाउन निकै समस्या खेप्नुपरेको छ भने अर्कातिर साँझपख सडकबत्ती नहुदाँ आफूहरुले असुरक्षित महषुष गर्नुपरेको छ ’
मुख्यगरि दमकको प्रवेशद्धार रतुवाको पुलदेखि चियादोकानसम्मका सडकमा सडकवत्ती नबल्दा रात्रीको समय अन्धकारमय वन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.