हिमाली वोर्डिङ्द्वारा पत्रकारिता पुरस्कार घोषणा

कमल,१ भदौ ।झापाको कमल– ६ स्थित हिमाली बोर्डिङ स्कुलले शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पत्रकार मञ्च दमकको सिफारिसमा हरेक वर्ष एक जना पत्रकारलाई हिमाली शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
मंगलबार दमकमा आयोजित कार्यक्रममा बोर्डिङका संस्थापक निर्देशक जीवन सापकोटाले हरेक वर्ष १५ हजार ५ सय ५५ रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने जानकारी दिए । यस्तै सोहि कार्यक्रममा दमकको डाईनामिक पव्लिक लाईब्रेरीलाई २० लाख रुपैयाँ शेयर निशुल्क प्रदान गर्ने घोषणा गरियो ।
कार्यक्रममा बोर्डिङका प्रिन्सिपल अच्युत गौतमले कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा कक्षा ११ मा ११ ओटा विषयमा विद्यार्थीले रोजाई अनुसार शिक्षा लिन पाउने वताए । फेसन डिजाईन, कानून, होटल म्यानेजमेन्ट लगायतका स्वउद्यम र रोजगारमूखी शिक्षा पर्ने विद्यालयबाट १२ कक्षा उत्तिर्ण हुने विद्यार्थीले आँफै रोजगारी पाउन सक्ने र नभए विद्यालयलेनै श्रृजना गराई दिने समेत उनको भनाई थियो ।
परम्परागत शिक्षा प्रणालीमा परिवर्तन गरि नौलो र विश्व स्तरीय प्रतिष्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न विद्यालयले आफ्ना नविन कार्यक्रमहरु ल्याएको कार्यक्रममा बताईएको थियो ।

Leave a Reply

Your email address will not be published.