लागू औषधीसहित मिक्लाजुङ्गबाट दुई जना पक्राउ

मोरङ, १ भदौ । मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी ट्रामाडोल(२८८२ र स्पास्पाईन २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.