प्रदेश १ मा ६६० जनामा कोरोना सङ्क्रमण ,१५ जनाको मृत्यु

दमक,३१ साउन । वितेको २४ घण्टामा प्रदेश १ मा ६६० जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको छ।

झापाको बिर्तामोडमा ३८, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बाह्रदशीमा ५-५, भद्रपुर र कमल गाउँपालिकामा ३-३, हाल्दिबारी र गौरीगञ्जमा १-१, मोरङको सुन्दरहरैचामा ५५, विराटनगरमा ३६, उर्लाबारीमा १४, मिक्लाजुङमा ४, केराबारीमा ३, कानेपोखरी, बेलबारी र रतुवामाईमा २-२, बुढीगंगा र लेटाङमा १-१ मा सङ्क्रमण देखिएको छ ।सुनसरीको इटहरीमा ८४, धरानमा ५, रामधुनीमा २, भोक्राहानरसिंह , दुहबी र स्थानीय तह नखुलेका १-१, इलामको सूर्योदय र चुलाचुलीमा २-२, इलाम नगरपालिका, सन्दकपुर, माईजोगमाई र मांसेबुङमा १-१, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १-१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र छथर जोरपाटीमा १(१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ५७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
२४ घण्टामा २२१२ जना संक्रमित थपिए, ३३ को मृत्यु
बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.