चुलाचुलीमा राष्ट्रिय बहुमुखी सहकारीको अन्तरकृया

दमक,३० साउन । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले इलामको चुलाचुलीस्थित सेवा केन्द्रमा आफना शेयर सदस्यहरुवीच अन्तरकृया गरेको छ । संस्थाका अध्यक्ष एलडी राईको अध्यक्षता तथा चुलाचुली गाउँपालिका ३ न. वडाका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा विहिबार चुलाचुलीका शेयर सदस्यहरुवीच संस्थाका सेवा,सुविधाका विषयमा अन्तरकृया गरिएको सामाजिक कार्यक्रम सञ्चालन उपसमितिका संयोजक पारषमणि राईले बताए ।

उनका अनुसार राष्ट्रिय बहुमुखी सहकारी संस्था र चुलाचुली कृषि सहकारी संस्थावीच एकीकरण भई राष्ट्रिय बहुमुखी सहकारी संस्था बनिएपछि चुलाचुलीमा पहिलोपटक संस्थागत रुपमा त्यहाँका शेयर सदस्यहरुवीच अन्तरकृया गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लछुदास राईले संस्थाले शेयर सदस्यहरुलाई दिने सेवा,सुबिधा तथा भावी कार्ययोजनाका विषयमा संक्षिप्त जानकारी गराएका थिए ।कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण गोले,कोषाध्यक्ष टंकप्रसाद दुलाल , सल्लाहकार नकुल राई, संस्थाका लेखापाल पूर्णिमाया राई र सुर्यकुमारी तामाङ लगायतको उपस्थिती रहेको थियो भने स्वागत मन्तव्य सेवाकेन्द्र प्रमुख मिलन राई र सञ्चालन सचिव दिपेनवाला राईले गरेका थिए ।
यसैगरि, संस्थाले सोहि कार्यक्रम अन्तर्गत मोरङको पथरी सेवा केन्द्रमा आज शनिवार शेयर सदस्यहरुवीच सहकारीको विविध विषयमा अन्तरकृया गरिने सचिव राईले बताए । पथरीमा सरोकार कृषि सहकारी संस्थावीच एकीकरण भई राष्ट्रिय बहुमुखी सहकारी संस्था भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.