
दमक,३१ साउन । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानवारीमा स्थानीय राजु लिम्बुको शव फेलापरेको छ ।
स्थानीय नयाँ बस्तीमा बस्दैआएका अन्दाजी ५० वर्षिय लिम्बूको शव आज विहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बुको मृत्यु केही दिन अगाडि नै हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकको लास वीच खेतमा भएको कारणले लास सडेर दुर्गन्ध आउन थालेपश्चात स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाका बारे कारण खुल्न सकेको छैन् ।
परिवारको पहिचान पश्चात शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।