धरानमा लकडाउन कडाई गर्ने तयारी हुँदै

धरान , ३१ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोनाको संक्रमण बढेको बताउँदै जिल्ला प्रशासन कार्यालय सुनसरी लकडाउनको गर्ने तयारीमा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिका क्षेत्रमा कडाईका साथ लकडाउनको तयारी थालेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सो सम्बन्धमा सोमबार बस्ने डीसीसीएमसीको बैठकले निर्णय लिने बताए ।

प्रजिअ ढकालका अनुसार संक्रमण दर बढ्दै जाँदा सर्वसाधारणबाट समेत लकडाउनको माग हुन थालेकाले कडाईका साथ लागू हुने गरी लकडाउनको तयारी थालेको छ । धरान उपमहानगरपालिका समेत निषेधाज्ञा कडाई गर्नुपर्ने पक्षमा देखिएकाले बैठकले लकडाउन सम्बन्धी निर्णय लिने सम्भावना रहेको ढकालले बताए।

सुनसरी प्रशासनले दिएको जानकारी अनुसार संक्रमणको पछिल्लो अवस्था र कडाई सम्बन्धमा धरानमा सोमबार बैठक बोलाएको छ । उपमहानगरपालिका र सरोकारवालाबीचको बैठक पश्चात आएका सुझावका आधारमा डीसीसीएमसीले आवश्यक निर्णय लिने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.