मिक्लाजुङमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

दमक ,२९ साउन । अन्तराष्ट्रिय युवा दिवसका अवसर पारेर मोरङको मिक्लाजुङमा माध्यमिक तह बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मिसीओ म्यूनिखको सहयोग तथा मिक्लाजुङ गाउँपालिकाको समन्वयमा कारितास नेपालद्धारा सञ्चालित सुरक्षित बैदेशिक रोजगारको प्रबर्धन तथा मानव बेचबिखन रोकथाम परियोजनाद्धारा स्थानीय मनोहर जनता माबिको सभाहलमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

कारितास नेपालको प्रदेश कार्यालय दमकद्धारा परियोजना सञ्चालनमा रहेका तिनवटा पालिका मिक्लाजुङ , झापा र शिवसताक्षी नगरपालिकाका ७ जना बालवालिका सहभागी भएका थिए । प्रतियोगितामा मनोहर जनता माबिकी छात्रा बेनिसा श्रेष्ठ प्रथम, भानु माबि शिबसाताक्षी -७ का छात्र मन्जिल नेपाल द्धितीय र चन्द्रज्योति अंग्रेजी माबि झापाका निरज पाठक तृतिय भएका थिए ।

विजेता विद्यार्थीहरुलाई मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईको प्रमुख आतिथ्यता तथा कारितास नेपालका बरिष्ठ परियोजना अधिकृत हिमालय अधिकारीको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको निर्णायक दमक जेसीजका पूर्वअध्यक्ष नेत्र चम्लागाई र साहित्यकार धनकुटे कान्छा ( शंकर चापागाई ) रहेका थिए भने कार्यक्रम सञ्चालन गोबिन्द राज कट्टेलले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.