कमलमा कांग्रेसको भेला, संगठन निर्माणमा जुट्न जोड

दमक ,२९ साउन । नेपाली कांग्रेस कमल गाउँ समितिले पार्टी कार्यालय क्याम्पामा आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
पार्टीका झापा जिल्ला उपसभापति शेरवहादुर भट्टराईको आतिथ्यतामा भएको भेलामा पार्टीका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतका नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कंग्रेस कमलका सभापति खगेन भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै सहभागिहरुले पार्टी संगठन निर्माणमा जुट्न सवै नेता,कार्यकर्ताहरुको जिम्मेवारी भएको औल्याए । उनीहरुले कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता नविकरण कार्य पार्टी संगठन सुढिढीककरण अभियान भएको भन्दै घोषित समयमै सदस्यता नविकरण सम्पन्न गर्न सवै लाग्नुपर्ने जोड दिए । झापामा ५ भदौसम्म क्रियाशील सदस्यता नविकरण गरिसक्नु सर्कुलर भएको उल्लेख छ ।
पार्टी जिल्ला उपसभापति भट्टराईले कांग्रेस जनताका वीचमा पुरयाँउन सकेमात्र देशमा लोकतन्त्रल,शुसासन स्थायित्वमा जाने विचार राखे ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस कोशी प्रदेश सदस्य हुकुमसिंह राई,क्षेत्रीय सभापति भण्डारी ,कांग्रेस जिल्ला सदस्य विष्णु सुब्बा लगायतले कांग्रेसको क्रियाशील सदस्यता नविकरणसहित पार्टीको सांगठानिक गतिविधिका विषयमा आ–आफना धारणा राखेका थिए ।
भेलामा कांग्रेस कमलका ७ वटै वडा समितिका सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरुले क्रियाशील सदस्यता नविकरण कार्य अभियानका रुपमा सञ्चालन गरिनु पर्ने भएपनि त्यसो हुन नसक्दा कतिपय ठाउँमा समस्या आएको उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published.