वृद्धाश्रमलाई दमकका दुई लायन्स क्लवको खाद्यान्न सहयोग

दमक,२९ साउन । दमकका दुई वटा लायन्स क्लवले संयुक्त रुपमा विहिबार धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति वृद्धाश्रमलाई खाद्यान्न सहयोग दिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ ए वान अन्तर्गतका लायन्स क्लव दमक श्रीअन्तु र लायन्स क्लव अफ झापा दमकले दैनिक उपभोग्य विभिन्न खाद्य सामाग्रीहरु वितरण गरेको हो ।
दुवै लायन्सका सदस्यहरुको एक टोली विहिबार आश्रम पुगेर ती खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको लायन्स क्लव अफ दमक श्रीअन्तुका अध्यक्ष थानेश्वर भट्टराईले जानकारी दिएका छन् । यसरी वितरण गरिएको खाद्य सामाग्रीमा १७५ केजी चामल,७५ केजी आलु, प्याज २० केजी, दाल १५ केजी,नुन ५ केजी, सर्फ १ बोरा, खानेतेल एक कार्टुन , अदुवा २ केजी सहित नुहाउने ÷लुगाधुने सावुन, टुथव्रस,पेष्ट, औषधीहरु रहेका छन् ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा श्रीअन्तुका अध्यक्ष भट्टराईसहित गर्भनर एड अजय अग्रवाल, जोन चियर पर्सन विष्णु पौडेल, इम्प्याक्ट एरिया चिफ ज्ञाननाथ पौडेल ,लायन्स क्लव अफ दमकका अध्यक्ष अशोक चौधरी,एभरेष्ट मेडिसिन सेण्टरका सुजित चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.