दमक जेसीजद्वारा दन्त शिविर, ३०० बढीले पाए सेवा

दमक ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मङ्गलबार दमकमा ३०० बढी विद्यार्थीहरूको मुख तथा दन्त परीक्षण गरिएको छ । दमक जेसीजको आयोजना तथा ॐ शान्ति डेन्टल हस्पिटल, दमकको सहकार्यमा दमक–१ स्थित भृकुटी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तथा उनका अभिभावक र शिक्षकहरू गरी ३०० जनाको मुख मुख तथा दन्त परीक्षण गरिएको थियो।

दमक जेसीजका संस्थापक अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सहदेब भट्टराईको अध्यक्षतामा भएको निःशुल्क दन्त परीक्षणमा डेन्टलका दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्राविधिक सहयोग पुर्याएका थिए। दमक जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित शिविरमा दमक जेसीज बर्ष १९९६ का अध्यक्ष तथा दमक जेसीज बोर्ड अफ ट्रस्टका अध्यक्ष गन्जबहादुर दाहाल, भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यामक लक्ष्मीप्रसाद न्यौपाने, ॐ शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरे, हस्पिटलकि डाक्टर अन्जली ठाकुर ,डा. सायरा ढकाल, दमक जेसीजका पूर्ब अध्यक्षहरू कमल कटुवाल र नरेन्द्र बराल तथा दमक जेसीज बर्ष २०२५ बोर्डका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

दन्त शिविर दमक जेसीजकी उपाध्यक्ष सन्ध्या बरालको संयोजकत्वमा भएको थियो भने जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले जेसीज आस्था पाठ बाचन गरेका महासचिव राजेन्द्र बिमलीले बताए ।

Leave a Reply

Your email address will not be published.