उदयपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

उदयपुर, २८ साउन । रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको छ । हिजो पुवारे भंज्याङ गएका मगर आज बिहान सम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको शव फेला परे स्थानीयले जानकारी गराएका थिए ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.