दमक,२६ साउन । दमकका युवा पत्रकार बिष्णु सुब्बा उषा चापागाई फाउण्डेशन रोटरी दमक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।रोटरी क्लव अफ दमकले वितरण गरिआएको सो पुरस्कारबाट यसवर्ष पत्रकार सुब्बालाई नगद ७ हजार ,प्रमाणपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
रोटरी दमकले आज सम्पन्न आफनो १२ औ पदस्थापना कार्यक्रमका बीच पत्रकार सुब्बालाई रोटरी पूर्व डिस्ट्रिक गर्भनर बासुदेव गोल्यान, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई तथा दाता परिवारका तर्फबाट उषा चापागाई फाउण्डेशनका संरक्षक दिपु चापागाई ( सन्दिप ) लगायतले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सुब्बा यस प्रदेशवाणी अनलाईन न्यूजपोर्टलका सम्पादक हुन् । त्यस्तै ,उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य लगायतका विभिन्न पत्रकारजन्य संघसंगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरिआएका छन् ।