कमल ७ मा माओवादीको वडा कमिटी

कमल,२५ साउन । नेकपा (माओवादी केन्द्र ) ले कमल ७ मा वडा कमिटी गठन गरेको छ । आज पार्टी सम्बद्ध वडास्तरिय कार्यकर्ताहरुको भेलाले सन्तोष राईको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो ।
२१ सदस्यीय गठित कमिटीको सचिवमा चन्द्र भण्डारी चुनिए भने सदस्यहरुमा मदन ताजपुरिया,किरण रिख्यासन,ज्ञानु चौधरी,ज्ञानेन्द्र मगर,नन्दकुमारी लिम्बू,निर्मला तुम्रोक,शुसीला अधिकारी,सामुना राई, एकराज ताजपुरिया,भूपेन्द्र बोहोरा,अमृत गुरागाई, शुराज लाओती,राजन न्यौपाने,भोला लामिछाने,गंगाप्रसाद लिम्बू, रामप्रसाद लकान्द्री,मैया विक,चन्द्र सम्बाहाम्फे र प्रेम कार्की चुनिएका छन् ।
वडास्तरिय भेलामा पार्टीका प्रदेश कमिटी सदस्य गगन पुरी, पार्टीका कमल गाउँकमिटी सचिव रविन गुरुङ , दुर्गा प्रसाद चम्लागाई (श्रीकान्त ) , भिम केरुङ,मोहन सुब्बा लगायतको उपस्थिति रहेको थियो । यसैगरि कमलमा पार्टी संगठन निर्माण अभियान अन्तर्गत भोलि साउन २६ मा वडा नम्बर ५ र ३ , २७ मा १,२,४ र ६ को वडा भेला हुने पार्टी सचिव गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.