दमकमा खोप वितरण कार्य व्यवस्थित गर्न माओवादी केन्द्रको माग

दमक,२५ साउन । नेकपा माओवादी केन्द्रले दमकमा सञ्चालनमा रहेको कोभिड– १९ विरुद्धको खोप अभियान कार्य प्रभावकारी बनाउन माग गरेको छ ।
स्थानीय सरकारले सञ्चालन गरिरहेको खोप बितरण कार्य प्रभावकारी नभएको भन्दै माओवादी केन्द्रले स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय सरकार गंभीर भएर अघि बढ्न आग्रह गरेका छन् । पार्टीका दमक नगर सचिव तिर्थराज बस्नेतले खोप वितरणका निम्ति बनाइएको मापदण्ड कहि पनि पालना नभएको , स्वास्थ्य जस्तो संवेदनसिल बिषयमा नगरपालिकाले दलीय सहकार्य र समन्वय नगरेको आरोप लगाएका हुन् ।
पार्टी केन्द्रीकृत खोपकेन्द्र निर्धारण गर्ने र हज्जारौंको भिड जम्मा गरि कोरोना सङ्क्रमण फैलाउने कार्य स्वयं दमक नगरपालिकाले गरिरहेको भन्दै उनले भने, –‘तोकिएको उमेर समूहलाई बितरण गर्नु पर्ने खोपमा चरम दुरुपयोग भएको छ । ’
बेवारिसे हस्ताक्षर कर्ता खडा गरि विधि र पद्धति बिनाको कोभिड १९ खोप समन्वय समिति एवं निर्णयका नाममा इलाका प्रहरी कार्यालय दमकमा खोपकेन्द्र राख्ने र नागरिक माथि थप त्रास सृजना गर्ने कार्य झनै खेदजनक भएको उनले उल्लेख गरेका छन् । खोप लगाउन आउने सामन्य नागरिकलाई दुःख दिने प्रयोजनका लागि गरिएका यस्ता हर्कतहरु तुरुन्त रोकि सबै वार्डहरुमा बिकेन्द्रीत खोपकेन्द्र सञ्चालन गर्न उनले माग गरेका छन् । अन्यथा जनताको दुख दिने कार्य विरुद्ध माओबादी केन्द्र रमिते बन्न नसक्ने उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published.