प्रतिवन्धित लागूऔषधजन्य औषधीसहित दुई पक्राउ

दमक ,२२ साउन । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमल -६ काटाचौकका बिष्णुप्रसाद बगाले थापा र गंगाबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कमल-७ गेउरियामा फार्मेसी सञ्चालन गरिआएका बगालेको काटाचौकस्थित घरबाट ७ हजार १ सय ६० थान प्रतिबन्धित औषधिसहित बुधबार राति ९ वजेतिर पक्राउ गरेको हो । बगालेको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल ३ हजार थानसहित अन्य विभिन्न प्रतिबन्धित औषधि ७ हजार १ सय ६० थान प्रतिवन्धित औषधी वरामद गरिएको प्रहरीले जनाएको छ ।
बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममो ती अवैध औषधीहरु वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सीनाले जानकारी दिए ।
उनका अनुसार बगालेले खुद्रा मूल्यमा ती औषधीहरु विक्री गर्देआएको खुलेको छ । स्वास्थ्यकर्मी समेत रहेका बगालेले ती औषधीहरु दमकको थानारोडमा रहेको दमक मेडिकल डिस्ट्रिब्युटरबाट खरिद गरेको प्रारम्भिक वयान दिएपछि अनुसन्धानका लागि सो डिस्ट्रिब्युटरका संचालक ४० वर्षीय खड्कालाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रनाउ तिम्सिनाले बताए । दमकमा प्रतिवन्धित लागूऔषधजन्य औषधी यतिका परिणाममा बरादम गरिएको पहिलो भएको प्रहरीले जनाएको छ ।

छ महिनामा लागूऔषधसम्बन्धी ३४ वटा मुद्धा दर्ता

यसैवीच, प्रनाउ तिमल्सिनाले कमाण्ड सम्हालेयता छ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । गत माघ १ गतेदेखि हालसम्म लागूऔषधसम्बन्धी ३४ वटा मुद्धा दर्ता भएको छ भने ५३ जनालाई पक्राउ गरी कानुनी कार्वाही गरिएको उनले उल्लख गरे ।
उनका अनुसार गत माघ १ देखि हालसम्म ब्राउनसुगर ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट , स्पास्पेन ३० हजार १६६ चक्की , स्पास्म १ हजार ६०९ चक्की , गाँजा १ केजी ४०० ग्राम बरामद गरिएको छ ।
प्रनाउ तिम्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा ब्यवस्थापन ,अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्वपूर्ण कार्य भएको दावी गरे । उनका अनुसार पछिल्लो छ महिनामा सवारी ज्यानसम्बन्धी ९ वटा मुद्धा दर्ता , त्यसमा ९ जना नै पक्राउ र कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्धा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्धा दर्ता भएकोमा ११ जना पक्राउ परेका छन् भने २५ जना फरार रहेको उनले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published.