साधुहोली सिमसारमा सार्वजनिक सुनुवाई, छानवीन समिति गठन

दमक,२१ साउन । झापाको कमल गाउँपालिका वडा न. ५ सिम्लेस्थित साधुहोली सिमसार क्षेत्रमा निर्मित योजनाको सार्वजनिक सुनुवाई गरिएको छ ।वडा कार्यालयले शनिवार निर्माणस्थलमा संक्षिप्त कार्यक्रम गरि त्यहाँ उपभोक्ता समितिले निर्माण गरेको कामको हिसावकिताव सार्वजनिक गएिको हो ।
स्थानीय सरोकारवालाहरु, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा निर्माण उपभोक्ता समितिका अध्यक्ष आइतहांग सम्वाहाम्फेले त्यहाँ निर्माण गरिएको योजनाको यथार्थ आयव्यय प्रस्तुत गरेका थिए ।
सिमसार क्षेत्रको संरक्ष्गण गदैं त्यहाँको पर्यटकीय प्रवद्र्धनमा जोड दिने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ सलकपुर मोरङबाट ३० लाख रुपैँया बजेट आएको थियो ।
चुरेले यसअघि पनि त्यहाँ सिमसार प्रवद्र्धनमा सहयोग पुरयाँएको थियो । त्यही योजनालाई पूर्णता दिन भन्दै गत आर्थिक बर्ष २०७९ ÷८० मा उक्त वजेट आएको हो । वडा कार्यालयले चुरेबाट आएको वजेट कार्यान्वयन गर्न ग सम्वाहाम्फेको अध्यक्षतामा निर्माण उपभोक्ता समिति र पुष्प न्यौपानेको संयोजकत्वमा एक अनुगमन समिति गठन गरेको थियो । तर ,पछिल्ला समय त्यहि समिति र अनुगमन समितिवीच फरफारक गर्ने क्रममा विवाद आएको थियो । दुवै पक्षले पालिकासम्म गुनासो पुरयाँएका थिए ।
विवाद खासगरी चुरेले गरेको इस्टमेट भन्दा कम पैसामै योजना सम्पन्न भएको र त्यसको फरफारक गराउने बेलाको अन्तिम किस्ता रकम निकाल्ने बेलामा यो विवाद बाहिर आएको थियो । त्यस कामको अन्तिम किस्ता झण्डै ९ लाख रुपैया फ्रिज हुन पुगेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष सम्बाहाम्फेले इस्टिमेट अनुसार निर्माणको काम पूरा भएको बताउदै हिसावकिताव सुनाएका थिए । उनले सार्वजनिक गरेको हिसाव अनुसार योजना सम्पन्न गर्न कुल २३ लाख रुपैँया खर्च भएको छ । त्यसमध्ये चुरेबाट २० लाख ५० हजार रुपैँया भुक्तानी निकालिएको छ । बाँकी पैसा आफैले खर्च गरेको तर अन्तिम भुक्तानी निकाल्ने बेलामा समितिमा विवाद भएपछि भुक्तानी निकाल्न नपाइएको उनले स्पष्ट पारे ।
सार्वजनिक सुनुवाईमा समितिका सचिव नबिन भट्टराईले अध्यक्ष सम्वाहाम्फेले अन्तिम भुक्तानीका लागि बैठक बोलाउँदा कामको बिल भर्पाई नल्याएकाले पछि विवाद होला भनेर आफूले जिम्मेवारीबाट अलगिएको बताएका थिए ।
त्यस्तै, अनुगमन समितिका संयोजक न्यौपानेले भने समितिले त्यस काममा अहिले सम्मको खर्च समितिले ल्याएजस्तो यर्थाथ नभएकाले सक्कल बिल पेस गर्न माग गरे । कार्यक्रममा साविक लखनपुर गाविसका अध्यक्ष भोजुकुमार घिमीरे, नेपाली कांग्रेस कमलका कार्यवहाक सभापति पदम निरौला, एमालेका दिपक खड्का ,दुर्गा पोख्रेल लगायतले साधुहोली सिमसारका काममा भएका कार्यसम्पादनका बारेमा आआफनो सुझाव राखेका थिए ।
छानवीन समिति गठन
सार्वजनिक सुनुवाई समापनका क्रममा पालिका अध्यक्ष हुकुमसिंह राईले सवैको विचार सुनेपछि त्यस योजनाको बस्तुस्थिति यकिन गर्न छानवीन समिति बनाउन निर्देशन दिए । जसअनुसार भेलाले वडाअध्यक्ष विष्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । हिसाव सार्वजनिक गर्न भनी बोलाइएको भेलाले पनि यसको निक्र्यौैल निकाल्न नसकेपछि सो समिति गठन गरि दश दिन भित्रमा प्रतिवेदन ल्याउन निर्देशन दिए ।
वडाअध्यक्ष विष्टले दुवै पक्षको माग अनुसार योजनाको यथार्थ छानवीन गरिने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published.