एमाले निकट पेशागत महासंघ झापाको नेतृत्व चयन

दमक,२१ साउन । नेकपा एमाले निकट पेशागत महासंघ झापाको नयाँ नेतृत्व चयन भएको छ । महासंघको आज विर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले तुलसी प्रसाद भण्डारीको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषध्यक्षमा डिकेन्सन पाण्डे चयन भएका छन भने महेश लामिछाने, कृष्णप्रसाद पराजुली, धनराज इम्बुङ, मदन पौडेल, बाबुराम पोखरेल, ललितकुमार लिम्बू, टिकामाया दवाडी र सावित्रा फूँयल सदस्यमा चयन भएका छन । तारानाथ दाहाल र उमानाथ भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ ।
अधिवेशनले रञ्जना डाँगी, तारादेवी विश्वकर्मा, सुभाषकुमार विक, रमेश आचार्य, मानबहादुर कार्की, कृष्णप्रसाद अधिकारी, फडिन्द्रबहादुर कटुवाल र लक्ष्मीपसाद अधिकारीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।
विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित अधिवेशनको एमाले झापा अध्यक्ष दीपक कार्कीले उद्घाटन गरेका थिए ।
पेशागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि अध्यक्ष कार्की.,पेशागत महासंघका स्थायी कमिटी सदस्य एवम् १ नं प्रदेश अध्यक्ष देवराज कार्की, स्थायी कमिटी सदस्य राजकुमार गिरी, महासंघका राष्ट्रिय समिति सदस्य डम्बर देउजा, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.