
दमक ,२२ साउन । दमकमा सफाई कर्मचारीहरुलाई कोरोना संक्रमण फैलिएपछि फोहोर संकलन तथा सफाई अभियान प्रभावित भएको छ । नगपालिकाले सफाईको जिम्मा निजी कम्पनीका एक दर्जन बढी सफाइ मजदुरलाई संक्रमण पुष्टिभएपछि दैनिक काम प्रभावित बन्न पुगेको हो ।
फोहोरमैला संकलनको जिम्मा नेक्स्ट ईरा इनर्जी प्रालि दमकले नगरपालिकाको साझेदारीमा दैनिक फोहोरमैला संकलन तथा व्यवस्थापन सम्बन्धी काम गर्दै आएको छ । बजार सरसफाईमा संलग्न मध्ये १७ जना मजदुर कोरोना संक्रमण भएका कारण होम आईसुलेसनमा बस्दैआएपछि नियमित काममा केहि समस्या हुन पुगेको नेक्स्ट ईरा ईनर्जी प्रालिका अध्यक्ष युवराज घिमिरेले बताए ।
उनका अनुसार मजदुरसंगै वजारमा चल्ने सवारी चालकसहित थप ८ जना सफाई कर्मचारीहरु पुनः संक्रमित भएकाका कारण सफाईको काम थप प्रभावित भएको छ । सफाइकर्मी ,चालक र अन्य कर्मचारीमा समेत एकैपटक संक्रमण देखिएपछि वैकल्पिक चालक तथा सफाई कर्मचारीको व्यवस्थापन गरेर भए पनि बढी फोहोर संकलन भने गरिदै आएको अर्का सञ्चालक बिमल खतिवडाले बताए । उनले दैनिक फोहोर संकलन कार्य केहि ढिलाई भएपनि नरोकिने स्पष्ट पारे ।
निषेधाज्ञा रहेको यो अवस्थामा फोहोरमैला संकलन तथा व्यवस्थापन जस्तो अति आवश्यक सेवालाई केही दिन मुख्य सडक तथा चोक बाहेक अन्य क्षेत्र मा फोहोरमैला संकलन तथा व्यवस्थापन हुन नसक्ने जानकारी नगरपालिकामा आएको नगरपालिकाको सरसफाई शाखाले जनाएको छ ।
दमक जिल्लाकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको पालिकामा पर्दछ । सक्रिय कोरोना संक्रमितको संख्या ९ सय पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोरोना परिक्षण गरिएकाहरुमध्ये करिब ५५ प्रतिशतसम्ममा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य शाखाको भनाइ रहेको छ ।
नगरपालिकाले बैंक तथा वित्तीय संस्थाको एटिएम सेवा बाहेक सम्पूर्ण सेवा गत साउन ११ गतेदेखि नै जारी निषेधज्ञाका कारण बन्द छ । नगरपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक वाहेकका सेवा समेत सबै रोकिएको दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले बताए ।