‘दउवा’संघले दियो नगरपालिकालाई रु ४१ लाख बढीको स्वास्थ्य उपकरण

दमक,२२ साउन । यहाँस्थित दमक उद्योग वाणिज्य संघले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई करिव रु ४१ लाख ७५ हजार बराबरको स्वास्थ्य उपकरणहरु उपलव्ध गराएको छ ।
संघको अगुवाईमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले नगरपालिकालाई एक थान अत्याधुनिक भेण्टिलेटर, ६ थान अक्सिजन कन्सट्रेटर उपकरणसहितसहित बिभिन्न स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराईएको संघले जनाएको छ ।
संघले शुक्रवार एक कार्यक्रम गरि ती स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष गोकुल श्रेष्ठले बताए । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
निजी क्षेत्र,संघसंस्था,व्यक्तिहरु तथा लायन्स क्लवको सहयोग जुटाएर ती स्वास्थ्य उपकरणहरु प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
संघले सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसार्इंको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो ।
अभियानका संयोजक प्रसाईंका अनुसार दमकका उद्योगी,व्यवसायीका तर्फबाट रु ७ लाख ७७ हजार र अन्य रकम भने लायन्स क्लव अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाईएको थियो ।
नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरु दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा जडान गरि छिट्टै सञ्चालनमा ल्याउने नगर प्रमुख ओलीले जानकारी दिए ।
लायन्स क्लव इन्टरनेशनलका एमिडेट पास्ट मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्रीका अध्यक्षतामा भएको सहयोग हस्तान्तरणमा लायन्सको डिस्ट्रिक गर्भनर एड् एफजिएफ अजय अग्रवाल, दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरी, वाणिज्य संघका पदाधिकारी,सदस्यहरु, उद्योगी,व्यवसायी, लायन्सका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका प्रथम उपाध्यक्ष राजु खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.