दमक,२० साउन । नेपाल विद्यार्थी संघ कमल गाउँसमितिको उपसभापतिमा घनेन्द्र बेघा लिम्बू मनोनित भएका छन् ।संघका सभापति अनिल सम्बाहाम्फेले रिक्त रहेका उपसभापतिमा बेघालाई विधान अनुसार मनोनित गरेकम हुन् । बेघा लामोसमयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील छन् ।
यसैवीच, नेविसंघ कमलका उपसभापति मनोनित भएका बेघालाई आज मनोनित पत्र प्रदान गरि जिम्मेवारी प्रदान गरिएको सभापति सम्बाहाम्फेले बताए । मनोनित पत्र नेपाली कांग्रेस कमलका कार्यवहाक सभापति पदम निरौलाको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
नेविसंघ कमलले विद्यार्थी हकहित तथा शैक्षिक मुद्धासंगै सामाजिक जनसरोकारका विषयमा विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको सचिव दिवस नेम्बाङ्गले बताए ।