प्रदेश स्तरिय इसाई समाज फुटसलको उपाधि धरानलाई

दमक, २० साउन । दमकमा आयोजित प्रथम दमक नगर इसाई समाज प्रदेश स्तरिय फुटसल प्रतियोगिताको उपाधि धरानले जितेको छ ।  दमक-५ गोर्खाली टोलस्थित बेस्ट फूटसल खेल मैदानमा  शुक्रवार भएको फाइनल खेलमा मोरङको मिक्लाजुङ (मधुमल्ला) इसाई समाजलाई ४ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै धरान ख्रीष्टियन समाजले फुटसल प्रतियोगिताको उपाधि कब्जा गरेको हो ।
उपाधिसहित धरान ख्रीष्टियन समाजले नगद २० हजार, मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता मोरङ मिक्लाजुङ (मधुमल्ला) इसाई समाजले नगद १५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तैं, तेस्रो स्थान भने आयोजक दमक नगर इसाई समाज (बी) ले प्राप्त गर्न सफल भएको थियो । तेस्रो स्थान प्राप्त गर्ने दमक नगर इसाई समाजले नगद पुरुस्कार वापत नगद ८ हजारसहित मेडल, प्रमाणपत्र, शिल्ड प्राप्त गरेका थिए ।
फाइनल खेल सुरु हुनु अघि ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सो क्रममा धरान इसाई समाजले दमक नगर इसाई समाजलाई हराएको थियो ।
त्यस्तैं, सेमिफाइनल खेलतर्फ मेन अफ द म्याच दोस्रो धरान ख्रीष्टियन समाजका सुमन राई हात पारेका छन् । सेमिफाइनतर्फ मेन अफ द म्याच पाउने खेलाडीम दमक नगर इसाई समाजका सुरज लिम्बू घोषित भए ।

बेष्ट गोल किपरमा चुलाचुली इसाई समाजका सुमन राई, हाइस्कोरतर्फ धरान ख्रीष्टियन समाजका सञ्जय राई पुरस्कृत हुदाँ अनुशासित खेलाडीमा मिक्लाजुङ इसाई समाजका इसाक लिम्बू र वेष्ट मेनेजर अफ टुनामेन्टका धरान ख्रीष्टियनका संजय राई पुरस्कृत भए ।
दुई दिवसीय फूटसल प्रतियोगिताका विजेता,उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल खेलकुद महासंघका अध्यक्ष केशव विष्टले शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राखेपका पूर्व सदस्य सचिव विष्टले बढ्दो सहरीकरणसंगै स्वास्थ्य जीवन यापनका लागि फुटसल खेल खेल्न पहिलो रोजाईमा पर्ने बताए ।
दमक नगर इसाई समाजले आफ्नो २८औं स्थापना दिवसका अवसर पारेर पहिलोपटक प्रदेशस्तरिय फूटसल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष पाष्टर आकाश थुलुङ राईले बताए ।
समापन समारोहमा दमक–५ का वडा अध्यक्ष इन्द्रवहादुर गुरुङ, विभिन्न क्षेत्रका ख्रीष्टियनका अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा कोशी प्रदेशका एक दर्जन टिमले सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published.