लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

दमक,१९ साउन । झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बेलुका ६ बजे गौरीगञ्ज गाऊपालिका ६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको हो ।
त्यसैगरी सोमबार बेलुका पौने ८ बजे तिर जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको ध्द्यठद्धच् टछण्द्ध नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेको थियो । प्रहरीले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

Leave a Reply

Your email address will not be published.