दमकमा ७५ जना विद्यार्थीलाई छात्रवृतिवापत रु १२ लाख वितरण

दमक,१८ साउन । यहाँस्थित दमक नगरपालिकाले उच्च शिक्षा अध्ययनमा सहयोग पुरयँँउने उद्देश्यले नगरका ७५ जना गरिव ,विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वापत नगद रु १२ लाख रुपिया प्रदान गरेको छ ।दमक नगरपालिकामा विहिबार औपचारिक कार्यक्रमको आयोजना गरि ती विद्यार्थीहरुलाई छात्रबृत्ति वापत नगद प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सोमप्रसाद गुरागाईले जानकारी दिए ।

छात्रबृति रकम नगर प्रमुख रामकुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा समितिका अध्यक्ष कुवेर भट्टराई तथा अन्य विभिन्न सरोकारवालाहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

शिक्षा शाखा प्रमुख गुरागाईका अनुसार छनौटमा परेका कुल ७५ जना विद्यार्थी मध्ये १५ जनालाई पहिलै उनीहरु अध्ययन गर्ने शैक्षिक संस्था वा क्याम्पसको खातामा र बाँकी ६० जना विद्यार्थीलाई भने सोहि छात्रबृति रकम प्रदान गरिएको हो ।

नगरपालिकाले छात्रवृतिका लागि आवेदन माग गरेको र सोहि बमोजिम विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुरयाँउन छात्रबृति रकम प्रदान गरिएको उनले बताए । छात्रवृतिका लागि शैक्षिक संस्था र लाभग्राही स्थानीय संगै गरिव तथा जेहेन्दार हुनुपर्ने व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.